शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिपुर नगरपालिकामा कार्यालय समयअघि राष्ट्रिय गान अनिवार्य

बिहीबार, ०९ मङ्सिर २०७८, १८ : ०२
बिहीबार, ०९ मङ्सिर २०७८

कीर्तिपुर नगरपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको सुरुवात गरेको छ । कर्मचारीहरूलाई राखेर कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम सुरुवात गरेको हो । हरेक दिन कार्यालय समय सुरु हुनु पूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो ।

राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरूमा एक किसिमको जागरूकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताए । उनले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरू पनि भन्ने गरेको बताए ।

नगरप्रमुख महर्जनले भने, ‘कीर्तिपुर नगरपालिकाले  हामी जन निर्वाचित भएर आएपछि करिब साढे ४ वर्षपछि विगतका केही दिनदेखि सम्पूर्ण कर्मचारीहरूलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको सुरुवात गरेका छौँ, त्यो राष्ट्रिय गानको सँगै प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरू पनि भन्ने सुरु गरेको छ,  त्यसले गर्दा सम्भवतः हाम्रा कर्मचारीहरूमा एक खालको जागरूक पना, सचेतना आएको छ र पहिला जस्तो कर्मचारीहरू ढिलो आउने समस्या पनि मुक्त भएको छ ।’ नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीहरूमा सचेतना बढेको र समय भन्दा ढिलो आउने समस्या हल भएको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप