बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल युएई बिजनेस काउन्सिल स्थापना

बिहीबार, ०९ मङ्सिर २०७८, १७ : ४७
बिहीबार, ०९ मङ्सिर २०७८

युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल युएई बिजनेस काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले  यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरिएको ग्लोबल नेपालले बताएको छ । यूएई विजनेश काउन्सिलले यूएईमा नेपालबाट कस्तो व्यापार विस्तार गर्न र यूएईबाट नेपालमा कुन कुन क्षेत्रमा लगानी भित्र्याउ सकिन्छ त्यसको योजना काउन्सिलले गर्ने बताइएको छ ।

काउन्सिलका यूएईमा भएका सदस्यहरुले यूएईमा व्यापार विस्तार गर्ने र नेपालबाट विदेशमा लगानी गर्ने कानुन नभएता पनि नेपालीको योजनाको सम्भावना खोजी गर्ने काम गर्ने छ । काउन्सिलले नेपाल र यूएईमा बस्तु आयात तथा निर्यात मात्रै नगरेर लगानी र मेगा प्रोजेक्टका योजनाहरु पनि बनाउने  तयारी गर्ने बताइएकोछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप