शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिफिनले नेतृत्व विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै

बिहीबार, ०९ मङ्सिर २०७८, १७ : २२
बिहीबार, ०९ मङ्सिर २०७८

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिफिन) ले नेतृत्व विकाससम्बन्धी एकदिने अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । मंसिर ११ गते (शनिबार) ‘कन्फर्नेन्स अन लिडरसीप डेभलपमेन्ट फर न्यू नर्मल’ विषयक सम्मेलन आयोजना गर्न लागिएकोे बिफिनले जानकारी दिएको छ । 

सम्मेलन ¥याडिसन होटलमा चलाइनेछ । सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरू, प्रमुख कार्यकारी अधिकृतहरू, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यवसायिक क्षेत्रका व्यक्तित्वहरू एवम् अन्य पेशागत संघ–संस्थाहरूका प्रतिनिधिहरूको सहभागीता रहने जनाइएको छ । नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका प्रस्तोता एवम् विज्ञहरूबाट ज्ञान आदान–प्रदानको उपयुक्त अवसर मिल्ने बिफिनको दाबी छ ।

सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् । सम्मेलनका अन्य अतिथिहरूमा भारतीय रिर्जव बैंकका पुर्व गभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पनि सहभागी हुनेछन् । 

यो सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाहरूको लागि विद्युतीय कारोबारको लागि तयारी अवस्थामा लैजाने प्रयत्न गर्नु रहेको बिफिनले जानकारी दिएको छ । सम्मेलनमार्फत बैंकिङ्ग सेवाहरूको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधीको प्रयोग, वित्तीय क्षेत्रमा देखापर्ने अपराध तथा सुरक्षा सम्बन्धी जोखीम तथा चुनौतीहरूको सामना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कोभिड–१९ ले पारेको असर, असुली रणनीति तथा सुशासन र महामारीको कारणले सांस्कृतिक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ्ग क्षेत्रले लिनुपर्ने शिक्षाबारे पनि छलफल हुनेछ । बिफिन कम्पनी ऐन २०६३ अन्र्तगत १४ अगस्ट, २०१८ मा स्थापना भएको हो । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप