भारतीय सेनाद्वारा पाँचवटा वर्कसप ट्रक हस्तान्तरण
बिहीबार, ०९ मङ्सिर २०७८, १६ : ५३
भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरुप पाँचवटा वर्कसप ट्रक उपलब्ध गराएको छ । २०७५ साल मंसिर २८ गते काठमाडौँमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूह को १३ औं बैठकमा सहमती भए बमोजिम आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सो ट्रक हस्तान्तरण गरिएको हो ।
भारतका सैनिक सहचारी कर्नेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई ट्रक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती