बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वरोजगार कोष र गरिमा विकास बैँकबीच विपन्नलक्षित कर्जा सम्झौता

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : २७
बिहीबार, ०९ मङ्सिर २०७८

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका व्यक्तिहरू, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ, मजदूर र भुमिहिन विपन्न परिवारहरूलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने गरी बैंक र कोषबीच सम्झौता भएको हो । 

बिहीबार एक कार्यक्रमकाबीच बैंक र कोषबीच सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप