महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । आयोगले ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने घरेलु नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको अवसर पारेर आयोगले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेको हो । आयोगले यस अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वानसमेत गरेको छ ।
विभिन्न समाचार माध्यम र आयोगमा प्राप्त महिला हिंसासम्बन्धी उजुरीको आधारमा विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेको भन्दै आयोगले घरभित्र हुने महिला हिंसाको अन्त्य हुन सकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने पनि उल्लेख गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले महिला हिंसाको अवस्था, स्वरुप, कारण र न्यूनीकरणका उपायलगायतका विषयमा केन्द्रित भएर अनुगमन÷अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने पनि जनाएको छ । आयोगले घरेलु हिंसाको न्यूनीकरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका खेल्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ