शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अयोग्यलाई महाधिवेशन प्रतिनिधि सिफारिस गरेको भन्दै एमाले मुख्यालयमा उजुरी

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : १६
बिहीबार, ०९ मङ्सिर २०७८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा योग्य प्रतिनिधि छनौट सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीसमक्ष उजुरी परेको छ ।  नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस गरिएको भन्दै लिलादेवी धमलाले एमाले मुख्यालयमा उजुरी दर्ता गरेकी हुन् । धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता गरेकी नेतृ हुन् ।

उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधान विपरित जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले प्रतिनिधिमा सिफारिस गरेको जानकारी पाएपछि उजुरी गरेको बताइन् । 

जिल्लाबाट प्रतिनिधि छनौटमा उम्मेदवारी दर्ता गर्दा निर्वाचन समितिले पार्टीको विधानअनुसार योग्यता नपुगेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।  सिद्धिचरण नगरपालिकाका उप प्रमुख रहेकी इच्छाकुमारी गुरुङ २०७४ को स्थानीय निर्वाचन अघि शिक्षक र काँग्रेसकी सदस्य थिइन् । उनलाई पार्टी सदस्यता र उपप्रमुखको टिकट एमालेले एकैसाथ दिएको थियो । 

जिल्लाबाट छनौट हुने प्रतिनिधिको उम्मेदवारी नै अयोग्य भएपछि मनोनयनका लागि केन्द्रमा नाम सिफारिस भएको विषयमा खोज्दा कुरा गर्न एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले टेलिफोन उठाएनन् । जिल्ला सचिव शंकर कट्वालले महाधिवेन प्रतिनिधि मनोनित स्थायी कमिटीले गरेको अपुष्ट खबर सुने पनि सिफारिसबारे जानकारी नभएको बताए । उनले भने, ‘सिफारिसबारे जानकारी छैन, मनोनित गरिएको भन्ने सुनिएको छ, सायद हुनसक्छ ।’

 धमलाले आफु उम्मेदवार रहेको र विधान अनुसार योग्यता पुगेर उम्मेदवारी कायम रहेको सन्दर्भमा  विधान मिचेर गलत कार्य गर्न खोजिएकाले रोक्न उजुरी गरेको जानकारी दिइन् । एमाले विधानमा महाधिवेशन प्रतिनिधी हुन १० वर्षदेखि निरन्तर पार्टी सदस्य रहेको व्यक्ति हुने व्यवस्था छ । यद्यपी गुरुङको नाम मनोनित गरेको नामावलीमा भने देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप