कोटेश्वरको गेस्टहाउसमा लगेर बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
काठमाडौँको कोटेश्वरको गेस्ट हाउसमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरको लेले बस्ने ३६ वर्षीय गोविन्द सिंह विष्ट रहेका छन् ।
विष्टले गत कार्तिक २७ गते कोटेश्वरस्थित गेस्ट हाउसमा लगेर एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि फरार रहेका विष्टलाई प्रहरीले बुधबार कोटेश्वर चोकबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार पीडित बालिकालाई विष्टले लगनखेल बसपार्कबाट ललाई फकाई कोटेश्वर ल्याएका थिए । उनले कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाएर लुगासमेत किनिदिएको र कोटेश्वर चोकमा रहेको गेस्ट हाउसमा रुम बुकिङ गरेर बालिकालाई उक्त कोठामा राखेर करणी गरेको प्रहरीको भनाई छ । भोलिपल्ट बिहान बालिकालाई लगनखेल छाडेर विष्ट भने त्यहाँबाट फरार भएको कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश