शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलको दाबी

बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ५४
बिहीबार, ०९ मङ्सिर २०७८

नेकपा एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने धारणा राख्दै एमाले कर्णाली प्रदेशका सह–संयोजनक एवम् पूर्वमन्त्री कँडेलले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कँडेलले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटीका सदस्य र जिल्ला कमिटीका अध्यक्षहरुले कर्णालीबाट एउटा पदमा दाबी गर्ने सल्लाह दिएअनुरुप आफूले उम्मेदवारी घोषणा गरेको रातोपाटीलाई जानकारी दिए ।

कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका कँडेलले व्यक्तिको चाहनाभन्दा पनि अनुभवको आधारमा नीति निर्माणमा कर्णालीले पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने धारणा राख्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप