नेप्सेमा तीन अंकको गिरावट, तीन अर्बको कारोबार
बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ४९

बिहीबार सेयर बजारमा परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । गत मंगलबार १.८९ अंकले बृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक बिहीबार पुनः ३.२२ अंकले घट्दै २७ सय ३१.७८ बिन्दुमा झरेको हो । तीन अंकले घटेको बजारमा तीन अर्ब ७८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन बैंकिङ, होटल एण्ड टुरिजम र अन्य उपसमूह धनात्मक हुँदा अरु सबै उपसमूह ऋणात्मक भएका छन् । यसदिन सम्बृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.२५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले ६.९३ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता