शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा तीन अंकको गिरावट, तीन अर्बको कारोबार

बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ४९
बिहीबार, ०९ मङ्सिर २०७८

बिहीबार सेयर बजारमा परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । गत मंगलबार १.८९ अंकले बृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक बिहीबार पुनः ३.२२ अंकले घट्दै २७ सय ३१.७८ बिन्दुमा झरेको हो ।  तीन अंकले घटेको बजारमा तीन अर्ब ७८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यसदिन बैंकिङ, होटल एण्ड टुरिजम र अन्य उपसमूह धनात्मक हुँदा अरु सबै उपसमूह ऋणात्मक भएका छन् ।  यसदिन सम्बृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.२५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले ६.९३ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप