बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

र्‍यापर ‘राजा कुमारी’ ले काठमाडौंबासी नचाउने

बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ४४
बिहीबार, ०९ मङ्सिर २०७८

इन्डियन–अमेरिकन र्यापर ‘राजा कुमारी’ले काठमाडौंबासी नचाउने भएकी छन् । आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा उनी प्रस्तुत हुन लागेकी हुन् । राजा कुमारीले दर्शकलाई हिन्दी तथा अङ्ग्रेजी गीतमा नचाउनेछिन् ।

यस कार्यक्रमको इभेन्ट म्यानेजर इनोभेटिभ नेशन इभेन्टस हो । र, यसका सञ्चालक एसवान्त अग्रवाल हुन् । अग्रवालसहित मनिष रावत, सोनम शेर्पा र निमेष अग्रवालले राजा कुमारी नेपाल ल्याउन भूमिका खेलेका थिए । डिजे पेसामासमेत रहेका अग्रवालले नेपालमा विद्युतीय सवारीको समेत बिक्री वितरण गर्दै आएका छन् । उनले दोहान नेपाल नामक कम्पनीमार्फत विद्युतीय सवारीको बिक्री गर्दै आएका छन् ।

राजा कुमारी नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने क्लब फरेनहाइटले जनाएको छ । राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप