बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि सार्वजनिक यातायात चल्न पाउनुपर्छ : एमाले

बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ४१
बिहीबार, ०९ मङ्सिर २०७८

नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिएको छ । उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए । ‘भोलि गाडी चल्नुपर्छ । कुनै प्रकारको अवरोध हुनुहुन्न,’ भट्टराईले भने ।

भट्टराईले उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने निश्चित भएको बताउँदै अन्य दलका अध्यक्षहरू पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन् । यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताए ।

उद्घाटनपछि सबै प्रतिनिधि र पर्यवेक्षकहरुलाई खाना र बस्नको व्यवस्था गरिएको बताए । सबै प्रतिनिधिहरूलाई भोलि नै परिचय पत्र वितरण गरिने र पर्सी ११ बजेबाट बन्द सत्र सुरु हुने उनको भनाइ छ । त्यस्तै, महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै करिब साढे सात करोड खर्च हुने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप