होटल सेभेन स्टारमा एमाले महाधिवेशनको रौनक–धरहरादेखि पानी जहाजसम्म (फोटोफिचर)
बिहीबार, ०९ मङ्सिर २०७८, १५ : १३
एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र सञ्चालन हुने सौराहास्थित होटल सेभेन स्टार परिसमा बेग्लै रौनक देखिन्छ। बन्द सत्रस्थललाई भव्य बनाउन स्वयम् सेवकहरू मञ्च निर्माणदेखि वाल पेन्ट, आवश्यक ब्यानर टाग्नेलगायतका काममा व्यस्त देखिन्छन् ।
कलाकारहरूले सेभेन स्टार प्रवेश गर्ने वालहरूमा नेपालको पहिचान झल्काउने विभिन्न पेन्ट गरिरहेका छन् जसमा धरहरा, रानीपोखरी, पानीजहाज बुद्धदेखि सगरमाथा र विभिन्न सांस्कृतिक पक्षहरू रहेका छन् । वाल पेन्टमा संलग्न ललितकला क्याम्पसकी पेन्ट आर्टिस्ट सुभेच्छा थापाले २० जनाको हाराहारीमा खटिएर विभिन्न देशको पहिचान झल्किने पेन्टहरू गरिएको बताइन् । यस्तै बन्दसत्र स्थल वरपर एमालेको झण्डा, चुनाव चिन्ह जताततै देख्न सकिन्छ भने प्रवेश गेट र ठाउँ ठाउँमा एमाले अध्यक्ष केपी वलीका बडेमानका तस्बिर देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी