मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइरालानिकट पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित

बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ०७
बिहीबार, ०९ मङ्सिर २०७८

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङ क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा  लज्जास्पद रुपमा पराजित भएका हुन् । उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् । कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् ।

आज बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औँ नम्बरमा पुगेर पराजित भएका हुन् । आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजित भएपछि शेखरलाई ठूलो घाटा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप