बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सबल र सुदृढ एमाले बनाउने उद्देश्यका साथ चितवन आएका छौँ : विष्णु रिमाल (भिडियोसहित)

बिहीबार, ०९ मङ्सिर २०७८, १४ : ५२
बिहीबार, ०९ मङ्सिर २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले आफूहरू सबल र सुदृढ पार्टी बनाउने उद्देश्यका साथ चितवन आएको बताएका छन् । शुक्रबारदेखि सुरु हुने एमालेको १० औँ महाधिवेशनको लागि सौराहा आइपुगेका रिमालले भने–यो महाधिवेशनबाट एमाले सबल र सुदृढ एमाले आयो भन्ने सन्देश दिन हामी लागिपरेका छौँ । हामी आउने ५ वर्षका लागि हामी नयाँ नेतृत्व चुन्छौँ । जुन एकताबद्ध हुन्छ । एमालेले मुलुकलाई नेतृत्व दिन्छ ।

उनले एमालेले सबै खाले बिचारलाई समेटेर अघि बढ्ने भन्दै उनले सहमतिका लागि अधिकतम प्रयास हुने पनि बताए । उनले सहमति हुन नसकेको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने बताए । उनले आफू नेता कार्यकर्ताका चाहनाअनुसार जुनसुकै पदमा रहन तयार रहेको पनि बताए ।

भिडियोमा हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप