शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा पौडेल पक्षको जग भत्काउन सकेन देउवा पक्षले

को–को निर्वाचित भए काँग्रेसका महाधिवेशन प्रतिनिधि ?
बिहीबार, ०९ मङ्सिर २०७८, १४ : ४५
बिहीबार, ०९ मङ्सिर २०७८

दैलेखको दुवै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । मंगलबार भएको प्रतिनिधिसभा क्षेत्र अधिवेशन अन्तर्गत दुवै निर्वाचन क्षेत्रमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो वर्चश्व कायम राख्न सफल भएको छ ।

कर्णालीका अधिकांश जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले पौडेल पक्षको जग भत्काउँदै जित हात पारेको अवस्थामा दैलेखमा भने देउवा पक्ष नराम्ररी पराजित भएको छ । क्षेत्र नम्बर १ मा एक जनाबाहेक अन्य सबै महाधिवेशन प्रतिनिधि पौडेल पक्षका निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को खुल्ला महाधिवेशन प्रतिनिधि महिलातर्फ ४ जनामध्ये पौडेल पक्षका दुई र देउवा पक्षका दुई जना निर्वाचित भएका छन् ।

खस आर्यतर्फ एउटा पौडेल र बाँकी तीन वटा देउवा पक्षले स्थान लिएको छ भने खस आर्य तर्फको महिलातर्फ ३ वटै स्थान पौडेल पक्षले लिएको छ । यस्तै दलित पुरुषतर्फ दुवै पक्षको १÷१, अपाङ्गता र दलित महिला प्रतिनिधितर्फ पनि पौडेल पक्षले नै बाजी मारेको छ । यस्तै १० जना खुल्ला महाधिवेशन प्रतिनिधिमा ७ जना पौडेल पक्षका नेताहरु निर्वाचित भएका छन् भने देउवा पक्षका ३ जनामात्र निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ बाट को–को बने महाधिवेशन प्रतिनिधि ?

दैलेख क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षका मणिराम  रेग्मीले सबैभन्दा बढी मत ल्याएर जित हासिल गरे । उनले ५१९ मत प्राप्त गरे । त्यस्तै, गणेश खड्काले ४८९, कृष्णकुमार बिसीले ४७८, टेक कटुवालले ४३२, गणेश उपाध्यायले ४०८, मीना थापाले ३९७, उदय न्यौपानेले ३६९, हरी  रानाले ३६१, खगेन्द्र सुनारले ३४९ र कर्णबहादुर शाहीले ३३४ मत ल्याएर विजयी भएका छन् । विजयी भएकामध्ये मीना थापा देउवानिकट हुन् भने बाँकी सबै संस्थापन इतर पक्षका हुन् ।

महाधिवेशन प्रतिनिधिमा महिलातर्फ वासना थापाले ५८४, निर्मला खड्काले ५४१, मीना खड्काले ४३९ र दीपा बिसीले ४३३ मत ल्याएर  निर्वाचित भएका छन् ।

यस्तै खसआर्यतर्फ पदमबहादुर मल्लले ३८२, भक्तबहादुर भण्डारीले २७८ र भूपेन्द्र शाहीले ४२३ मत ल्याएर विजयी भए । खसआर्य महिलातर्फ कमला चन्द ५०५, कृष्णकुमारी चन्द ४२५ र मञ्जुकुमारी शर्मा पाण्डे ४५० मतसहित निर्वाचित भएका छन् ।

यस्तै जनजातितर्फ लक्ष्मण गुरुङले ४८६ र करिष्मा सिजाली मगरले ४३० मत ल्याएर जित हासिल गरेका छन् । दलिततर्फ हिक्मतबहादुर विश्वकर्माले ४२० मत ल्याएका छन् भने पशुपति सुनारले ३९८ मत ल्याएका छन् । अपाङ्गता भएकातर्फ गणेशबहादुर बोगटीले ५११ मत ल्याएर विजयी भएका छन् ।

क्षेत्र नम्बर २ मा को–को निर्वाचित भए ?

क्षेत्र नम्बर २ मा केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ सबैभन्दा धेरै मत देउवा पक्षका नेता घनश्याम भण्डारीले पाएका छन् । उनले ४२९ मत ल्याए । उनी बाहेक अन्य प्रतिनिधिमा भने पौडेल पक्षले बाजी मारेको छ ।

महाधिवेशन प्रतिनिधिमा मधुरविक्रम खनालले ३९९ मत प्राप्त गरेका छन् भने वर्तमान पार्टी सचिवसमेत रहेका भुपेन्द्रबहादुर शाही (क)ले ३८१ मत प्राप्त गरेका छन् । यस्तै, डा. धनेश्वर नेपालले ३८२, ईश्वरबहादुर विष्टले ३७०, एकेन्द्रबहादुर पन्तले ३७७, शिवराज जोशीले ३७५, किरणकुमार भण्डारीले ३६२, धीरेन्द्र सापकोटाले ३५७, दिक्पालकुमार शाहीले ३५५ मत प्राप्त गरी विजय भएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित १० जनामध्ये तीन जनामात्र संस्थापन पक्षका छन् ।

यस्तै, महाधिवेशन प्रतिनिधितर्फ सीता कुमारी राना (देउवा पक्ष) ले ४०३, रीता कुमारी शाहीले (पौडेल पक्ष) ३८२, दीपा बोहोरा (देउवा पक्ष)ले ३६१, इन्द्राकुमारी शाही (पौडेल पक्ष)ले ३५२, प्रेमप्रकाश शाही (पौडेल पक्ष)ले ४००, दिनेशकुमार हमाल (देउवा पक्ष) ले ३७५, राजेशकुमार शाही(देउवा पक्ष) ले ३६६ र नारायण प्रसाद रेग्मीले ३२६ मत प्राप्त गरी विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा अरुणा विसी महत (पौडेल पक्ष)ले ४५०, भिम कुमारी भण्डारी (पौडेल पक्ष)ले ३२८, मनसरा कुमारी शर्मा (पौडेल पक्ष)ले ३१४, सुर्यबहादुर विक (पौडेल पक्ष)ले ३८१, दिपकबहादुर विक (पौडेल पक्ष)ले ३६७, खड्गे नेपालीले ३६२, सीता विक (पौडेल पक्ष)ले ३६६ र चेतबहादुर थापा (पौडेल पक्ष)ले ३७४ मत प्राप्त गरी जित हासिल गरेका छन् ।

जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट दुल्लु नगरपालिकाका मेयर समेत रहेका घनश्याम भण्डारी र पौडेल पक्षबाट वर्तमान पार्टी सचिव भुपेन्द्रबहादुर शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै पौडेल पक्षबाट मणिराम रेग्मीले पनि सभापतिमा आकाँक्षा देखाएका छन् । यद्यपि, पौडेल पक्षका नेताहरुबीच सल्लाह गरेर एउटालाई मात्र उम्मेदवार बनाउने तयारी भइरहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप