बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन आइपुगे ओली

बिहीबार, ०९ मङ्सिर २०७८, १४ : ०३
बिहीबार, ०९ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आइपुगेका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आइपुगेका हुन् । 

आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवनमा आउने क्रम सुरु भएको छ ।  एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र सौराहामा सञ्चालन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप