बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत ३’ फागुनमा रिलिज हुने

बिहीबार, ०९ मङ्सिर २०७८, १४ : ०१
बिहीबार, ०९ मङ्सिर २०७८

फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।

‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमारसान शाह र ओएसआर डिजिटल रहेका छन् ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी वर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप