शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

बिहीबार, ०९ मङ्सिर २०७८, १३ : ५२
बिहीबार, ०९ मङ्सिर २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल यो नयाँ पहल भएको बैंकले जनाएको छ । 

नेपाल टेलिकमको सिम भएका ग्राहकहरूलाई मात्र उपलब्ध हुने यो सुविधा ग्राहकहरूलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु¥याउने उद्देश्यसाथ थालिएको बैंकको दाबी छ । यो सुविधा प्रदान गर्न बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर भइसकेको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका हुन् । देशभर ग्लोबल आइएमई बैंकका ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप