इङ्लिस च्यानलमा प्रवासी सवार डुङ्गा पल्टियो, २७ जनाको मृत्युु
बेलायत छिर्ने प्रयासमा रहेका प्रवासी सवार डुङ्गा इङ्लिस च्यानलमा पल्टिँदा २७ जनाले ज्यान गुमाएका छन् । मानवीय हताहती बढ्नसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अन्तरराष्ट्रिय आप्रवास संगठन (आईओएम) ले इङ्लिस च्यानलमा भएको यो दुर्घटना सन् २०१४ यताकै भयानक भएको उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दुर्घटनाका कारण आफू चिन्तित भएको र अबउप्रान्त मानव तस्करी गर्ने गिरोहलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
फ्रान्सका गृहमन्त्री जेराल्ड डेगमनाले डुङ्गा दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जना महिला र एक बालिका रहेकी जानकारी दिएका छन् । दुई जनालाई बचाइएको र एक व्यक्ति अझै गायब भएको उनले बताए । बेल्जियमको सीमामा चार व्यक्ति समातिएका र उनीहरू मानव तस्करीमा संलग्न भएको हुनसक्ने फ्रान्सेली अधिकारीहरूले बताएका छन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटका अनुसार बुधबारमात्रै बोरिस जोनसन र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले ज्यानै जानेगरी आप्रवासीहरू ओसारपसार गर्ने गिरोहमाथि नियन्त्रण गर्नेबारे सहमति जनाएका थिए ।
आन्ध्र महासागरस्थित इङ्लिस च्यानलले दक्षिणी इङ्ल्याण्डलाई उत्तरी फ्रान्ससँग जोड्छ । यो संसारको सबैभन्दा व्यस्त ढुवानी क्षेत्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?