बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘टुल्की’ सेन्सर पास

बिहीबार, ०९ मङ्सिर २०७८, १३ : १६
बिहीबार, ०९ मङ्सिर २०७८

फिल्म ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बुधबार फिल्म हेर्दै प्रदर्शनका लागि अनुमति दिएको हो । फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको हो । फिल्म सबै बर्गका दर्शकले हेर्न पाउँनेछन् ।

हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा बनेको फिल्म द पाल्म ग्रुप प्रालिका लागि शेखर लामाको प्रस्तुतिमा निर्माण भएको हो । लक्ष्मण सुनारको कथा, देवजंग थापाको छायाङ्कन तथा निर्देशन फिल्ममा छ । 

आरपी कर्माचार्य र शेखर लामा निर्माता रहेको फिलममा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको अभिनय देख्न सकिन्छ ।

ब्राम्हण वस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथा फिल्मले आकर्षक रुपमा देखाउनेछ । करिब ४ वर्षको अध्ययनपछि फिल्म निर्माण गरिएको निर्माता शेखर लामाले बताए । स्वदेश अगाडि फिल्म विदेशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप