रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते
बिहीबार, ०९ मङ्सिर २०७८, १२ : ३१

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा ठक्कर खाएका हुन् ।
दुर्घटनामा दुबै सवारी साधनका चार–चार जना यात्रु घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?