आज २ बजे फुलकोर्ट, १५ गतेदेखि गोलाप्रथा सुरु गर्ने तयारी
सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । सो को जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार नै दिएका थिए । सोही आधारमा बिहीबार अपरान्ह २ बजे फुलकोर्ट बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालत स्रोतकाअनुसार बिहीबार बिहानै सर्वोच्च प्रशासनले न्यायाधीशहरूलाई पत्र पठाएर २ बजे फुलकोर्ट राखिएको जानकारी गराएको छ । यद्यपि फुलकोर्टको एजेण्डा के–के छ भन्नेबारे भने सर्वोच्च प्रशासनले जानकारी गराएको छैन ।
यसअघि पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अनिवार्यता रहने गरी नियमावली संशोधन गराएका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई बहिष्कार गर्दा निर्देशन समितिको नेतृत्व पनि प्रधानन्यायाधीश वा वरिष्ठतम् न्यायाधीशले गर्ने गरी पुनः नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
पेसी तोक्ने कार्यका लागि पनि वर्तमान प्रधानन्यायाधीशलार्य राख्न नहुने बताएका उनीहरुले बुधबार सामुहिक छलफल गरी बिहीबार फुलकोर्ट बोलाउने र मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्यको थालनी गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल