शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेखा थापा लिङ्देनको पक्षमा खुलिन्

बिहीबार, ०९ मङ्सिर २०७८, ११ : २६
बिहीबार, ०९ मङ्सिर २०७८

राप्रपाको आसन्न महाधिवेशनमा नायिका रेखा थापाले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।  मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार आयोजित उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभागी भइन्  ।

थापा राप्रपाकी केन्द्रीय सदस्य हुन् । लिङदेनलाई साथ दिनुको कारण खुलाउँदै थापाले रातोपाटीसँग भनिन्, ‘ सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेको छ, त्यसैले मैले राजेन्द्रजीलाई साथ दिएकी हुँ ।’    महाधिवेशनमा लिङ्देनलाई साथ दिँदा कमल थापाको साथ छाडेको भन्ने अर्थमा नबुझ्न अभिनेत्री थापाले आग्रह गरिन् । 

बि.सं २०७३ मा तत्कालिन राप्रपाका अध्यक्ष कमल थापाको बिचार मन पर्यो भन्दै थापा माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । अघिल्लो महाधिवेशनमा रेखा र कोमल ओलीले अत्याधिक मतका साथ केन्द्रीय सदस्य जितेका थिए । कोमल यतिबेला एमालेमा लागिसकेकी छन् भने रेखा राप्रपा मै  छिन् ।

थापा कहिले प्रवेश गरिन् राप्रपा ?
रेखा थापा वि.सं २०७३ मा तत्कालीन राप्रपाका अध्यक्ष कमल थापाको विचार मन पर्यो भन्दै तामझामसहित राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । अध्यक्ष कमल थापाले टिका लगाएर उनलाई पार्टीमा प्रवेश गराएका थिए । थापालाई राप्रपा प्रवेश गराउने काम कोमल वलीले गरेकी थिइन् ।

राप्रपा प्रवेश गर्ने क्रममा उनले आफु सहि ठाउँमा आएको र यो नै आफ्नो पहिलो र अन्तिम पार्टी हुने बताएकी थिइन् । ‘म नेपालको र राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु’ राप्रपा प्रवेश गर्दा उनले भनेकी थिइन् ।

राप्रपा अघि माओवादीमा  
राप्रपामा प्रवेश गर्नुअघि रेखा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेकी थिइन्  । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट टिका लगाएर रेखा माओवादी प्रवेश गरेकी थिइन् ।  रेखा थापासँगै एमाले नेतृ उर्मिला अर्याल पनि सो पार्टीमा प्रवेश गरेकी थिइन् ।

कुनै बेला माओवादीको सडक आन्दोलनमा अध्यक्ष दाहालसँगै नाचेर चर्चामा आएकी थापाले राप्रपा प्रवेशको समयमा भने आफू कहिल्यै माओवादीमा नरहेको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप