शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट

बिहीबार, ०९ मङ्सिर २०७८, ११ : ११
बिहीबार, ०९ मङ्सिर २०७८

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ छ । महासंघले हिजो बुधबार हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ तोकेको थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको महासंघले आजको मूल्य सूचीमा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप