सिन्धुपाल्चोकमा काँग्रेस निर्वाचन : प्रदेश २ ‘क’ सभापतिमा गिरी विजयी
नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ को सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे ।
उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव लम्साल एक सय ९७ मत ल्याएर विजयी भएका छन् । अरूणबहादुर तामाङले एक सय ५६ मत र भीमबहादुर घलेले एक सय ७२ मत ल्याए ।
सचिव पदमा एक सय ९२ र एक सय ८५ मत ल्याएर क्रमश: छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धी उम्मेदवार मानकाजी तामाङ र विदुर भट्टराईले एक सय ८३ र एक सय ६४ मत प्राप्त गरे । सहसचिवमा दुई सय २८ मत ल्याएर पुण्यप्रसाद घोरासैनी र दुई सय १२ मत ल्याएर सरोज न्यौपाने विजयी भएको सिन्धुपाल्चोक काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती