सोलुखुम्बुमा सप्तरीका अशोक झाले जिते काँग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसमा गुटगत प्रतिशोधका कारण आमन्त्रित केन्द्रीय सदस्यदेखि वर्तमान जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधिमा पराजित भइरहेका छन् । तर हिमाली सोलुखुम्बु जिल्ला भने मधेसी मुलका अशोक झा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
हिमाली जिल्लाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका अशोक एकलो हुन् । उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । अशोकको परिवार ०३८ सालतिर सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु गएकाे थियो । अशोकका बुवा शिक्षक पेसाका कारण सोलुखुम्बु पुगेका थिए । अहिले पनि अशोकको घर सोलुखुम्बु र सप्तरीमा दुबै ठाउँमा छ ।
नेपाल शिक्षक संघ सोलुखुम्बुमा अशोकका बुवा दुई कार्यकाल अध्यक्ष भएका थिए । यता अशोक पनि काँग्रेस राजनीतिमा लागे । १५ वर्षअघि काँग्रेसको क्रियाशील सदस्य भएका उनी १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि भएका थिए ।
सोलुखुम्बु जिल्लामै एक मात्र झा परिवार भएपनि काँग्रेस राजनीतिमा अशोकलाई पछाडि फर्किनु परेन । नेपाल तरुण दल सोलुखुम्बुको क्षेत्रीय सदस्यबाट उनी जिल्ला उपाध्यक्ष हुँदै जिल्ला सभापतिसम्म हुन सफल भए । उनी अहिले पनि तरुण दल सोलुखुम्बुका अध्यक्ष छन् । हिमाली जिल्लाबाट आफूले पाएको अवसर र उपलब्धिबाट अशोक खुसी छन् ।
०१५ सालको संसदीय निर्वाचनमा सप्तरीको पश्चिमी क्षेत्र (हालको सिरहा) बाट नेपाली काँग्रेसको माधवबाबु रेग्मी उम्मेदवार बनेको थियो । त्यसबेला काँग्रेसका संस्थापक बिपी कोइरालाले ‘मधेसबाट पहाडी र पहाडबाट मधेसीले चुनाव जितेको दिन नेपालमा प्रजातन्त्र बलियो हुने’ अभिव्यक्ति दिएका थिए ।
उनले भने, ‘ तर मधेसीलाई पहाडबाट टिकट दिलाउने अवसर बीपीले पाउनुभएन । पाँच दशकपछि पनि बिपीको त्यो सपना पूरा हुन सकेको छैन । काँग्रेसको राजनीतिमा त्यो केही हद पुरा भएको छ । म बिपी कोइरालाको त्यो सपना पुरा स् भन्ने चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित