नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै
बिहीबार, ०९ मङ्सिर २०७८, ०९ : ३२
नेपाल बार एशोसिएसनले आज (विहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै छ । बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने उनको भनाइ छ ।
प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो । जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ