घाँटी रेटिएको अवस्थामा ८० वर्षीय वृद्धको शव भेटियो

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि प्रनाउ काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको जनाएको छ । प्रनाउ काफ्लेका अनुसार अहिलेसम्म केही खुलेको छैन ।
हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )
-
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने
-
नयाँ वर्ष पारेर राजेश हमाल सरे बुढानीलकण्ठस्थित नयाँ घर