शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार २५ औँ सिजन नकआउट चरणमा रियल

बिहीबार, ०९ मङ्सिर २०७८, ०७ : ३४
बिहीबार, ०९ मङ्सिर २०७८

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।

खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

उता, समूह डी कै अर्को खेलमा इन्टर मिलानले शाख्तार डोनेस्कलाई २-० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ । इन्टरको जीतमा दुवै गोल एडिन जेकोले गरे । अब अन्तिम खेलमा रियल र इन्टर भिड्नेछन् । यो खेलले समूहको विजेता निर्णय गर्नेछ । ५ खेलपछि रियलको १२ अंक रहेको छ भने इन्टरको १० अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप