शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

बिहीबार, ०९ मङ्सिर २०७८, ०७ : २६
बिहीबार, ०९ मङ्सिर २०७८

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । 

एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबारे छलफल भइरहेको भए पनि निर्णय भने हुन बाँकी रहेको उनको भनाइ छ । 

मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले सौराहामा बिहीबारका लागि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तय गरेको थियो । सो बैठकबाट बन्दसत्र सञ्चालनका लागि ११ जनाको अध्यक्षमण्डलका साथै महाधिवेशन प्रतिनिधि सङ्ख्या समेत बढाउने निर्णय गरेको थियो । 

आजै केन्द्रीय कमिटी स्थगित भए पनि एमाले अध्यक्ष ओली चितवन आएर विभिन्न आन्तरिक छलफलमा व्यस्त हुने भएका छन्  । एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनारमा शुक्रबार उद्घाटन हुँदैछ । त्यसका लागि एमालेले भव्य तयारी गरेको छ भने सो तयारी अन्तिम चरणमा पुगेको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप