बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्यो

बिहीबार, ०९ मङ्सिर २०७८, ०६ : २६
बिहीबार, ०९ मङ्सिर २०७८

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।

उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत छैनन् ।

गत आवसम्म निर्जीवन बीमा कम्पनीहरूको नाफा बढेको नै थियो । तर, चालू आवमा भने पहिलो त्रैमासमै नाफा घटेको वित्तीय विवरणहरूले देखाएका छन् । समीक्षा अवधिमा दाबी भुक्तानी बढी गर्नुपर्दा नाफा घटेको नेपाल बीमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षत्री बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप