शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस खोटाङको मत गणना राति १० बजे सुरु गरिने

बुधबार, ०८ मङ्सिर २०७८, २१ : १९
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस खोटाङको मतदानको मत गणना रातभर गरिने भएको छ । बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको काँग्रेस सभापति नरेश श्रेष्ठले बताए ।

काँग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका थिए । काँग्रेस जिल्ला कार्य समितिको सभापति सहित सात पदाधिकारी, ३२ जिल्ला सदस्य र २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनौट गर्दै काँग्रेसको अधिवेशन सकिने छ । 

काँग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्व सभापति विष्णुकुमार राईबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । आगामी राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्व राज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्व सभापति राई आमनेसामने भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप