गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याउन चौकीदारसहितका कैदीबन्दीको सरुवा
गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने वातावरण मिलाउने प्रयासस्वरुप विगत डेढ महिनामा मोरङ कारागारमा तीनजना चौकीदार फेरिएका छन् । कारागार विभागले यो अवधिमा मोरङ कारागारबाट चौकीदारसहित कैदी भुक्तान गरिरहेका २२ जनाको सरुवा गरेको छ ।
विभागले गुण्डा नाइके गिरीलाई मोरङ कारागारमा सरुवा गर्ने निर्णय कार्यान्वयन गराउने उद्देश्यले बुधबारमात्र एकै पटक चौकीदार कार्तिक कामतसहित ८ जना कैदीबन्दीको सरुवा निकालेको छ । बुधबार सरुवा हुनेहरूमा चौकीदार कामत, सिटी कमान्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रकाशनका विकास महतो, विवेक कामत, शिव नारायण माझी र मौसम चौधरी छन् । ८ जना कैदीबन्दीको सरुवाको पत्र आएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
यसअघि कात्तिक २४ गते किरण गुरुङसहित १४ जना नाइके तथा भाइ नाइके कैदीबन्दीको सरुवा गरिएको थियो । उनीहरुले गिरीलाई मोरङ कारागार ल्याउन थालेपछि विरोध जनाउँदै आएका थिए । मोरङ कारागारबाट सरुवा गरिएका कैदीबन्दीलाई प्रदेश १ का झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरिएको छ ।
यसअघि गत असोज १८ गते तत्कालीन चौकीदार नवीन राईलाई झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा अपराधी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका गिरीलाई मोरङ कारागार ल्याउने निर्णय विभागले पाँच दिन अघि गरेको थियो ।
नेपाली काँग्रेसमा आवद्ध भएर राजनीतिक संरक्षण एवं आवरणमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका गिरीलाई मोरङ कारागार ल्याउन यसअघि पनि बारम्बार प्रयास भएको थियो । तर कैन्दीबन्दी तथा उनीहरुका आफन्तको अवरोध, विरोध र आन्दोलनका कारण गिरीले मोरङ कारागारमा प्रवेश पाउन सकिरहेका छैनन् ।
गिरीकै योजना र इशारामा गत कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा चौकीदार किरण गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए । घटनापछि उनको विपक्षमा रहेका गुरुङसहित १४ जना नाइके तथा भाइ नाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो ।
कारागारभित्रका नौ सय कैदीबन्दीले गिरीलाई मोरङ ल्याउन नहुने मागसहित जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापन विभागमा निवेदन दिएका छन् । विपक्षमा उभिएर गिरीलाई मोरङ प्रवेश गर्न नदिने अडानमा रहेका चौकीदार कामतसहित आठ जनाको सरुवा भएपछि अहिले मोरङ कारागारमा हंगामा मच्चिएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरी अहिले सप्तरी कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या