एमाले महाधिवेशनको सुरक्षामा एआईजी थापालाई खटाउने निर्णय
बुधबार, ०८ मङ्सिर २०७८, २० : २६

नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी सहकुल थापालाई महाधिवेशनको सुरक्षामा खटाउने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
एमालेको दशौं महाधिवेशन मंसिर १० मा शुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन् । सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
एआईजी सहकुल थापाले मंसिर ९ बाट चितवनमै बसेर महाधिवेशन सुरक्षाको कमाण्ड गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ