आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दाङ ३ मा खड्का निर्वाचित

बुधबार, ०८ मङ्सिर २०७८, २० : १०
बुधबार, ०८ मङ्सिर २०७८

दाङ क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेस्रो जित हो । उनी संस्थापन इतरका नेता हुन् । निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।

त्यस्तै सचिव पदमा खड्का प्यालनका सोभाखर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिव पदमा भीमकान्त भट्टराईले ४ सय ४८ र डेफुलाल चौधरीले ३ सय ३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी भूपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलिले २ सय ६४ मत प्राप्त गरेका थिए । दाङको निर्वाचन क्षेत्र नम्बर  ३ मा कूल ८ सय ४७ मतदाता मध्ये ८ सय ४४ जनाले मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप