शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वोच्च अदालतको तयारी

बुधबार, ०८ मङ्सिर २०७८, २० : ०२
बुधबार, ०८ मङ्सिर २०७८

सर्वोच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ ।  गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागू  गर्ने निर्णय गर्ने तयारी गरेको हो । 

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसिएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागू गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप