शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली

बुधबार, ०८ मङ्सिर २०७८, १९ : ५६
बुधबार, ०८ मङ्सिर २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् ।  युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब काँग्रेसलाई बिगार्न सक्ने बताएका हुन् । 

एमाले बिगार्न नसकेर काँग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार काँग्रेस प्रचण्डले सिध्याउलान् ।’ 

काँग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले काँग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप