काँग्रेस निर्वाचन : बागलुङमा केन्द्रीय सदस्य पौडेल र जिल्ला सभापति थापा पराजित
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनमा बागलुङमा केन्द्रीय सदस्य र जिल्ला सभापति नै पराजित भएका छन् । बागलुङ क्षेत्र नम्बर १ को अधिवेशनमा केन्द्रीय आमन्त्रित सदस्य किरणराज पौडेल र जिल्लाका सभापति दीपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन ।
१४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उमेदवार बन्ने चर्चामा रहेका थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि सभापति बन्ने सपना चकनाचुर भएको छ । पौडेल र थापा दुबै संस्थापन पक्षका हुन् । यस्तै गण्डकी प्रदेश सांसद कोपिला बोहोरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन ।
उनलाई दुर्गादेवी विश्वकर्माले पराजित गरेकी हुन् । विश्वकर्माले ४६२ मत ल्याउँदा बोहोराले ४१३ मत प्राप्त गरेकी थिइन् । सो क्षेत्रबाट क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । शर्माले प्रतिस्पर्धी खड्गबहादुर थापालाई ४ मत अन्तरले हराउँदै सभापति पदमा विजयी भएका हुन् । निर्वाचित शर्मा रामचन्द्र पौडेल समूहबाट निर्वाचनमा उठेका हुन् ।
शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोविन्द पौडेल (गोपाल), सह–सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा ओमकार थापा, चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणिभद्र शर्मा कँडेल, हरिहर शर्मा र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । यस क्षेत्रमा २५ महाधिवेशन प्रतिनिधिमध्ये २२ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका छन् ।
बागलुङ क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा निर्वाचित भएका छन् । बुढाले प्रत्यासी नरजंग घर्ती मगरलाई ९० मतको अन्तरले पराजित गरेका हुन । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले भने ३२९ मत मात्रै प्राप्त गरे ।
बुढा संस्थापन पक्षका नेताका रुपमा चिनिन्छन् ।
सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित भएका छन् । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गरेका छन । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी भएका छन । कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गरेका हुन । महाधिवेशन प्रतिनिधिको मत गणना भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र