सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा सैनिक हवल्दार पक्राउ

बुधबार, ०८ मङ्सिर २०७८, १९ : ३४
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली सेनाका एकजना हवल्दारलाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो ।

कार्तिक ३० मा विष्टले कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । रामेछाप घर भएकी ती बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएका थिए ।

३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत छन् । उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए । किशोरीलाई लजमा रातभर बलात्कार गरेर विक्षिप्त अवस्थामा छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

बुधवार पक्राउ गरेर सैनिक हवल्दारलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । किशोरीले उनीविरुद्ध बलात्कारको उजुर गरेकी छिन् । 

किशोरीलाई कोटेश्वरको आयुषा होटलमा राखेर रातभर बलात्कार गरेर विक्षिप्त अवस्थामा छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप