ad
x

मोबाइल बैंकिङ्गमार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधा

person explore access_timeमंसिर ८, २०७८ chat_bubble_outline0

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैङ्कले आफ्ना बैंकिङ्ग सेवाहरू मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्तरोन्नति गरे पश्चात् यो सेवाको सुरुवात गरेको हो । 


यो सेवा प्रारम्भ भयसँगै प्राथमिक शेयर निष्कासनको समयमा आवश्यक सीआरएन नम्बर याद गरिरहन पर्ने झन्झटबाट ग्राहकहरू मुक्त हुने विश्वास बैङ्कले गरेको छ । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नति गर्दै बैङ्कले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुविधा समेत थप गरेको जनाएको छ । 



साथै ग्राहकहरूले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्युआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न समेत सक्ने बैङ्कले जनाएको छ । यस स्तरोन्नतिसँगै अब बैङ्कका ग्राहकहरूले बैङ्कमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसिबसी विभिन्न बैंकिङ्ग सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।