सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन हुँदैन : अध्यक्ष गोल्छा

बुधबार, ०८ मङ्सिर २०७८, १९ : ००
बुधबार, ०८ मङ्सिर २०७८

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले मिलेनियम च्यालेन्ज (एमसीसी) फिर्ता पठाउन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन नहुने बताएका हुन् ।

‘मलाई मेरा साथीहरूले किन एमसीसीको यति धेरै समर्थन गरेको भन्छन् । तिम्रो के स्वार्थ छ भनेर समेत सोध्छन्’, उनले भने, ‘महासंघको अध्यक्ष पदमा बसेपछि देशको आर्थिक विकास बाहेकको स्वार्थ मैले लिन हुँदैन ।’ देशको आर्थिक विकासका लागि एमसीसी आवश्यक रहेको समेत उनले बताए । एमसीसी नेपाल नल्याउँदा ठुलो अवसर गुम्ने गोल्छाको भनाई छ ।

यस्तै, उनले कोभिड–१९ महामारीको जस्तो धेरै चुनौती नेपालको अर्थतन्त्रले भोगेको र पार गरिसकेको बताए । खुला अर्थतन्त्रमा जाँदै गर्दा, जनआन्दोलनको समयमा, भारतीय नाकाबन्दी र भूकम्पमा पनि नेपालको अर्थतन्त्रले यस्तै चुनौती पार गरेको गोल्छाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप