अब ‘नो एकता, नो एकीकरण’ : ओली

'माधव नेपालको पछि लागेर देश बन्छ ?'

person explore access_timeमंसिर ८, २०७८ chat_bubble_outline0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले एकता, एकीकरण गर्नुपर्ने कुनै पार्टी नेपालमा नरहेको बताएका छन् । उनले एकता गर्न लायक कुनै पनि दल नरहेको बताए ।  बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब नेकपा एमालेले एकता, एकीकरण गर्नुपर्ने पार्टी नेपालमा रहेन । त्यसैले नो एकता, नो एकीकरण ।’


उनले काँग्रेस र प्रचण्डको पछि लागेर देश नबन्ने भन्दै एमालेको पक्षमा आउन आह्वानसमेत गरे । काँग्रेस नीतिमा र विचारमा बुढो भइसकेको बताए । उनले भने, ‘काँग्रेसजस्तो पार्टीले हेर्नुस् त प्रचण्ड र माधवको हात समातेर हिँडेको १’



माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘१५ वर्ष पार्टीको प्रमुख भएका मान्छे, त्यही पार्टीबाट प्रधानमन्त्री भएका मान्छे, त्यही पार्टी फुटाएर पछाडिको ढोकाबाट काँग्रेसको प्रधानमन्त्री बनाउन भोट दिने, यस्ताको पछि लागेर देश बन्छ ?’ उनले सामाजिक न्याय, समानताको प्रतिनिधित्व, राष्ट्रिय विचारको प्रतिनिधित्व एमालेले मात्र गर्ने दाबीसमेत गरे ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।