काँग्रेसको पुच्छर समातेर हिँडेकाहरूले फुर्ती लगाइरहेका छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एउटा पार्टीमात्र नभएर देश र जनताको प्रतिनिधित्व गर्ने मुख्य शक्ति भएको बताएका छन् । उनले नेपाली काँग्रेसको पुच्छर समातेर हिँडेकाहरूले फुर्ती लगाइरहेको भन्दै उनीहरूले फुर्ती लगाउनुको अर्थ नरहेको पनि बताए ।
बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेसको पुच्छर समातेर हिँडेकाहरूलाई कुन बेला काँग्रेसले पुच्छर हल्लाएर कहाँ पु¥याउने हो भन्ने ठेगान नभएको भन्दै सचेत तुल्याए ।
सात वर्षअघि अध्यक्षको चुनावमा आफूसँगै पराजित भएका मान्छेले केही दिनअघि हिन्दी फिल्मको भिलेको डाइलग भनेको उल्लेख गर्दै ओलीले भने, ‘त्यसो भए त सात वर्ष अघि नै चुरचुर भइसक्नुपर्ने त ।’ पाँच दलीय गठबन्धन सरकारमा आएपछि देशमा आन्दोलन नभएर सर्वोच्च अदालतको आँगनमा आन्दोलन हुन थालेको ओलीले बताए । उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार भएपछि यस्तो नभएर के हुन्छ ?’
ओलीले प्रविधिको महत्त्वलाई ध्यानमा राखेर यसको दुरुपयोग हुन जोगाउने र राष्ट्र निर्माणका सही पक्षलाई उजागर गर्न साइबर सर्कललाई सुझाव दिए । उनले राष्ट्रिय हितको पक्षमा उभिने भावना जगाउने काम साइबर सर्कलले गर्ने अपेक्षासमेत गरे । कार्यक्रममा मदन भण्डारीको संयोजकत्वमा साइबर सर्कलको ३०१ सदस्यीय केन्द्रीय टिम बनाइएको जानकारीसमेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर
-
चिया सम्मेलन गर्ने निर्णयबाट पछि हट्यो कोशी सरकार
-
इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह
-
गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट