काँग्रेस पालिका अधिवेशन : धनुषाका १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न

सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ९ वटामा सर्वसम्मत र ९ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । आइतवारदेखि सुरु भएको अधिवेशन जारी नै छ । ९ वटा पालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने ९ वटा पालिकामा मंगलबार र बुधवार निर्वाचन सम्पन्न भएको हो ।
धनुषाधाम नगरपालिकामा चन्द्रीप यादव र हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत ढंगले चयन भएका छन् भने सबैला नगरपालिकामा खटु यादव, मिथिला बिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादव सभापतिमा विजयी भएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ को औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मत ढंगले निर्वाचित भएका छन् भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलीपकुमार यादवको नेतृत्व निर्वाचित भएको पूर्व सांसद दिनेश प्रसौलाले जानकारी दिए ।
त्यसैगरी क्षेत्र ३ अन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सर्वसम्मतरुपमा सभापतिमा चयन भएका छन् ।
क्षेत्र नम्बर ४ का लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत रुपमा सभापतिमा चयन भएका छन् । यता, मिथिला नगरपालिकाको सभापतिमा जोगी महतो र बटेश्वर गाउँपालिकाको सभापतिमा राजेन्द्र यादव निर्वाचित भएको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र