शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य सुधार, चार अर्बको कारोबार

बुधबार, ०८ मङ्सिर २०७८, १६ : ४८
बुधबार, ०८ मङ्सिर २०७८

बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । 

तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ ।  यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.४७ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुँरास फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले २.५५ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप