बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, ०८ मङ्सिर २०७८, १६ : ४२
बुधबार, ०८ मङ्सिर २०७८

पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थियो ।

उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका २ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप