शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा चित्रकला प्रतियोगिता

बुधबार, ०८ मङ्सिर २०७८, १६ : ३४
बुधबार, ०८ मङ्सिर २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । समृद्ध नेपाल सुखी नेपालीको थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् । 

होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरूले चित्र कोरेका हुन् । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो । विसं २०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिंकका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणामा चित्रहरू कोरिएको बताए । 

करिब २०० लामो पर्खालमा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीहरुले चित्र चित्रकलामा भाग लिएका जानकारी दिए । कलाकारहरूले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघ सहितका चित्रहरू कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप