शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका वायुप्रदूषित शहर सूचीको चौथो स्थानमा काठमाडौं

बुधबार, ०८ मङ्सिर २०७८, १६ : ३३
बुधबार, ०८ मङ्सिर २०७८

नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । 

भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै कलकत्ताको एक्यूआई १६३ छ । 
बंगलादेशको राजधानी ढाका अति वायु प्रदूषित सूचीको चौथो स्थानमा छ । यतिखेर ढाकाको एक्यूआई १५७ छ । अमेरिकी मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ र २०१ देखि ३०० सम्मको एक्यूआई मात्रा हुँदा वातावरण अति अस्वस्थ हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप